Kathmandu Press

बंगलादेशसँग रोकियो भारतलाई रोक्यो

बंगलादेशसँग रोकियो भारतलाई रोक्यो

काठमाडौं, असोज १८ : माल्दिभ्समा जारी १३औं साफ च्याम्पियनपिसपको पहिलो खेलमै भारत रोकिएको छ । सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

भारतका लागि १८ औंं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता दिलाए । उनले उदान्त सिंहको पासमा गोल गरेका थिए । पहिलो हाफ १–० मै सकियो । ५४ औं मिनेटमा बंगलादेश १० खेलाडीमा समेटियो । उसका विश्वनाथ घोषले रेडकार्ड पाएका थिए ।

तर, १० खेलाडीमा समेटिए पनि ७४औं मिनेटमा बंगलादेशले गोल फर्कायो । उसका एयसिन अराफातले गोल गरेका थिए । उनले सकिब उसैनको पासमा गोल गरे ।

जितसँगै बंंगलादेश ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो ।

प्रकाशित मिति: २१:०८ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्