Kathmandu Press

टङ्कप्रसाद स्मृति प्रतिष्ठानको अध्यक्षमा प्याकुरेल

काठमाडौं, असोज १८ : पूर्वप्रधानमन्त्री एवं नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्यको सम्झनामा स्थापित टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानको २८औँ वार्षिक साधारणसभा नयाँ...
टङ्कप्रसाद स्मृति प्रतिष्ठानको अध्यक्षमा प्याकुरेल

काठमाडौं, असोज १८ : पूर्वप्रधानमन्त्री एवं नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्यको सम्झनामा स्थापित टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानको २८औँ वार्षिक साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै आज यहाँ सम्पन्न भएको छ ।

साधारणसभाले नयाँ कार्यसमितिको अध्यक्षमा मानवअधिकारकर्मी सुशील प्याकुरेल, उपाध्यक्ष पूर्वमन्त्री  शान्ता मानवी, महासचिव वरिष्ठ पत्रकार डा कुन्दन अर्याल र कोषाध्यक्ष राजनीतिक विश्लेषक रामजीप्रसाद उपाध्यायलाई सर्वसम्मत चयन गरेको छ ।

Hardik ivf

यसैगरी प्रतिष्ठानको सदस्यहरूमा समाजसेवी वीरभद्र आचार्य, प्रा.डा.शोभा पोखरेल, पूर्वमन्त्री बैजनाथ चौधरी, पूर्वरथी नेत्रबहादुर थापा, पत्रकार बाबुराम आचार्य, पूर्वसांसद सावित्री अधिकारी, समाजसेवी वासु दाहाल र समाजसेवी यज्ञ थापा चयन भएको छ ।

प्रतिष्ठानका अध्यक्ष अरविन्द रिमालको अध्यक्षतामा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नाका साथै भावी कार्ययोजनासमेत तय गरेको संस्थाका सदस्यसचिव गोविन्दप्रसाद दुलालले जानकारी दिए ।

कार्यक्रममा निर्वाचन अधिकृतका रूपमा रहनुभएका टङ्कप्रसाद आचार्यका ज्येष्ठ सुपुत्र अङ्गिरा आचार्यले नयाँ कार्यसमितिलाई माला लगाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्याकुरेलले तत्काल टङ्कप्रसाद आचार्यको जन्मघरलाई सङ्ग्रहालय बनाउनुपर्ने र उहाँको कोटेश्वरमा रहेको सालिकलाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए । 

प्रकाशित मिति: २१:०४ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्