काठमाडौंमाथि पोखराको जित
काठमाडौं, असोज १८ : वर्षाले प्रभावित बनेको खेलमा पोखरा राइनोज विजयी भएको छ।चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपिएल० अन्तर्गत सोमबार भएको वर्षाले प्रभावित खेलमा...
काठमाडौं, असोज १८ : वर्षाले प्रभावित बनेको खेलमा पोखरा राइनोज विजयी भएको छ।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपिएल० अन्तर्गत सोमबार भएको वर्षाले प्रभावित खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलावेनमाथि १४ रनको जित निकाल्यो।
१८३ रनको लक्ष्य पछ्याइरहेको पोखराले १५ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाइएको अवस्थामा वर्षाले खेल रोकिएपछि डिएल मेथर्डका आधारमा पोखरा १४ रनले विजयी भयो।
जितसँगै पोखरा अंक तालिकाको दोसो स्थानमा उक्लिएको छ। ५ खेलमा ३ जित, १ हार र १ बराबरी खेलेको पोखराका ७ अंक छ। यता, काठमाडौं किंग्स भने पोखरासँगको हारले दबाबमा परेको छ। ४ खेलमा १ मात्र जित हात पारेको काठमाडौं २ अंकका सात पाँचौं स्थानमा छ। प्लेअफमा पुग्न उसलाई अन्तिम खेलमा अंक जोड्नुपर्ने बाध्यता छ।
अन्तिम खेलमा काठमाडौं भैरहवासँग पराजित भए काठमाडौं प्रतियोगिताबाट बाहिरिनेछ भने भैहरवा दोस्रो हुँदा ललितपुर प्याट्रिओट्सको भाग्य खुल्नेछ। पोखराका लािग सहन अरच्सिगेले २३ बलमा ४३ रन बनाउँदा विवके यादवले २८ बलमा ४१ र लोकेश बमले ८ बलमा १८ रनको महत्वपूर्ण इनिङ खेले।
काठमाडौंका जितेन्द्र मुखिया र गुल्सन झाले समान २ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतकी योगदान दिइपछि निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो।
अमितले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए भने बुर्लले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए। यी दुईले तेस्रो विकेटका लागि १०६ रनको शतकीय साझेदारी गरेका थिए।
यस्तै कप्तान सन्दीपले ११ बलमा ३ छक्का प्रहार गर्दै २ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए। पोखराका विवेक यादवले १ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए भने नन्दन यादव, विक्रम सोब र किशोर महतोले समान १ विकेट लिए।











