Kathmandu Press

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर

काठमाडौं, साउन १९ : प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि हिजो राति सिङ्गापुर प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्....

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर

काठमाडौं, साउन १९ : प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि हिजो राति सिङ्गापुर प्रस्थान गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा.दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको प्रेस संयोजक चेतन अधिकारीले बताए।

उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा आजदेखि स्वास्थ्य परीक्षण हुनेछ। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नेछन्।

यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर साउन २४ गते स्वदेश फर्कने छन्। (रासस)

प्रकाशित मिति: १२:४० बजे, आइतबार, साउन १९, २०७६