Kathmandu Press

जुलियस र पाटापोटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं, असोज ८ : अमेरिकी नागरिक डेभिड जुलियस र लेबनानी नागरिक अर्डम पाटापोटियनलाई संयुक्त रूपमा शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।नोबेल...
जुलियस र पाटापोटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार

काठमाडौं, असोज ८ : अमेरिकी नागरिक डेभिड जुलियस र लेबनानी नागरिक अर्डम पाटापोटियनलाई संयुक्त रूपमा शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

नोबेल एसेम्बलीले स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएकोमा उनीहरुलाई साे पुरस्कार दिने निर्णय गरेको  हो।

स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा आज (सोमबार) सो पुरस्कार घोषणा गरिएको हो। 

उनीहरुको सो खोजबाट मानिसको स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श गरेको थाहा पाउँछ भन्ने बुझ्न सहयोग गर्ने बताइएको छ। 

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्