Kathmandu Press

बैतडीमा देखियो शिक्षक र विद्यार्थीमा कोरोना

बैतडी, असार १८ : बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ। गत साता एक विद्यार्थी र...
बैतडीमा देखियो शिक्षक र विद्यार्थीमा कोरोना

बैतडी, असार १८ : बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माध्यमिक विद्यालयका एक शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको छ। 

गत साता एक विद्यार्थी र एक शिक्षकमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ वर्षीया छात्रामा कोरोना पुष्टि भएको हो। योसँगै उक्त विद्यालयमा एक शिक्षक र दुई विद्यार्थीमा सङ्क्रमण देखिइसकेको छ।  

Hardik ivf

पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार सङ्क्रमण पुष्टि भएका शिक्षक र विद्यार्थी होम आइसोलेशनमा बसिरहेका छन्। उनले भने, ‘सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल छैन, उनीहरु सबै होम आइसोलेशनमा बसिरहेका छन्।’ 

सङ्क्रमण देखिएपछि अन्य शिक्षक र विद्यार्थीको पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। कन्ट्याक्ट ट्रेसिङका आधारमा १०६ जनाको स्वाब सङ्कलन गरिएकामा ७५ जनाको रिपोर्ट आएको छ।  

यसैबीच शिक्षक विद्यार्थीमा कोरोना देखिएपनि विद्यालय भने नियमित रुपमा सञ्चालनमा रहेको छ। स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन सञ्चालन गरिएको विद्यालयले जनाएको छ।  
 

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्