Kathmandu Press

दुईजना मृत अवस्थामा फेला 

काठमाडौं, असोज १८ : तनहुँ र झापामा एकएकजना मृत अवस्थामा फेला परेका छन््।तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसीस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन...
दुईजना मृत अवस्थामा फेला 

काठमाडौं, असोज १८ : तनहुँ र झापामा एकएकजना मृत अवस्थामा फेला परेका छन््।

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसीस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। 

झापाको हल्दिवारी गाउँपालिका–२ सुनकोशी चिया उद्योग नजिक सडकको नालीमा सोही ठाउँ बस्ने ६५ वर्षीय मेगनाथ भट्टराई आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्