Kathmandu Press

सवारी साधनमा पाकेटमारी गरेकाे आरोपमा २०७ जना पक्राउ

काठमाडौं, असोज १८ : नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने २०७ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको...
सवारी साधनमा पाकेटमारी गरेकाे आरोपमा २०७ जना पक्राउ

काठमाडौं, असोज १८ : नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने २०७ व्यक्तिलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले भदौ २५ देखि असोज असोज १५ गतेसम्ममा काठमाडौंका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुका नगद, मोवाईल, गरगहना पाकेटमार तथा चोरी गर्ने २०७ जनालाई पक्राउ गरेको हो । 

Hardik ivf

प्रहरीले काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा रहेको नगद, मोबाइल तथा गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको जानकारी दिएको छ। 

प्रहरीका अनुसार पक्राउ परेका २०७ जना मध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पुरा भइ कारागार चलान गरिएको छ।

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्