बरन्डाबाट खसेर मृत्यु
खोटाङ, असोज १८ : खोटाङमा बरन्डाबाट खसेर उकजनाको मृत्यु भएको छ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्रङ बस्ने ६० वर्षीय कमला राईको आफ्नै घरको बरण्डाबाट...
खोटाङ, असोज १८ : खोटाङमा बरन्डाबाट खसेर एकजनाको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्रङ बस्ने ६० वर्षीय कमला राईको आफ्नै घरको बरण्डाबाट लडेर आइतबार साँझ मृत्यु भएको छ।
लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दित्तेलमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३७ बजे, सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












