Kathmandu Press

पहाडी क्षेत्रका नदी र खोलामा आकस्मिक बाढीकाे खतरा

काठमाडौं, साउन १९ : पहाडी क्षेत्रका नदी तथा खोलाहरूमा आज आकष्मिक बाढीको खतरा रहेको जनाएको छ।

आज बिहान मौसम तथा जलविज्ञान विभागको बाढी पूर्वा....

पहाडी क्षेत्रका नदी र खोलामा आकस्मिक बाढीकाे खतरा

काठमाडौं, साउन १९ : पहाडी क्षेत्रका नदी तथा खोलाहरूमा आज आकष्मिक बाढीको खतरा रहेको जनाएको छ।

आज बिहान मौसम तथा जलविज्ञान विभागको बाढी पूर्वानुमान मशाखाशाले बाढीको पूर्वानुमानसम्बन्धी जानकारी सार्वजनिक गर्दै पहाडी क्षेत्रका नदी, खोला र खहरे खोलामा बाढी आउने जनाएको छ। महाशाखाका अनुसार, काठमाडौं उपत्यकासहित आसपासका क्षेत्र, मकवानपुर, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका नदी तथा खोलामा आज बाढी आउन सक्छ।

त्यस्तै, दाङ, रोल्पा, रूकुम, दैलेख, सुर्खेत, कालीकोटमा पनि आकष्मिक बाढीको खतरा रहेको जनाएको छ। महाशाखाका अनुसार, बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुलाका नदी तथा खोलाहरूमा पनि बाढी आउन सक्नेछ।

महाशाखाले जारी गरेको सूचनामा पहाडी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा दक्षिणबाट नेपालतर्फ सरिरहेकाले केही दिन वर्षाको सम्भावना रहेको छ।

आज देशका केही भागमा वर्षासँगै चट्याङको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, साउन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्