सवारी दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौं, असोज १८ : धादिङ र चितवनमा भएका सवारी दुर्घटनामा दुर्इजनाको मृत्यु भएको छ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित सडकमा प्रदेश ३–०१–००६ ख ०८०६...
काठमाडौं, असोज १८ : धादिङ र चितवनमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित सडकमा प्रदेश ३–०१–००६ ख ०८०६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८६ वर्षीय चन्द्रप्रसाद कँडेलको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–३ लाइन्स चोकमा ना१क ९९२३ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका–४ बस्ने ३२ वर्षीय पिताम्बर भण्डारीको आइतबार दिउँसो मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साथै टिपरको ठक्करबाट घाइते भएकी पीताम्बरकी पत्नी २८ वर्षीया कल्पना कँडेलको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३३ बजे, सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












