Kathmandu Press

लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौं, असोज १८ : विभिन्न जिल्लाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन्।धादिङको धुनिबेंसी नगरपालिका-९ खत्रीपौवास्थित सडकबाट करिब १ केजी ९ सय ६० ग्राम अवैध लागूऔषध...
लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौं, असोज १८ : विभिन्न जिल्लाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन्।

धादिङको धुनिबेंसी नगरपालिका-९ खत्रीपौवास्थित सडकबाट करिब १ केजी ९ सय ६० ग्राम अवैध लागूऔषध चरेसजस्तो देखिने खैरो पदार्थसहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-७ पाखुरे बस्ने ३७ वर्षीय चन्द्रबहादुर स्याङ्ताङ र सोही ठाउँ बस्ने ३० वर्षीय राम स्याङ्ताङ रहेका छन्।

मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ५५७० नम्बरको टाटा सुमोलाई अस्थायी प्रहरी पोस्ट खत्रिपौवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

साथै थप अनुसन्धानका लागि सुमो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित गोरखा, गोरखा नगरपालिका-४ नारेश्वर बस्ने १९ वर्षीय शीतल मालभुललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा।३ ख ६२६६ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्