चितवनलाई हरउँदै भैरहवा प्लेअफमा
काठमाडौं, असोज १८ : भैरहवा ग्लाडियटर्स चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)को प्लेअफमा पुगेको छ। सोमबार भएको खेलमा खेलमा शीर्ष स्थानमा रहेको चितवन टाइसर्गमाथि...
काठमाडौं, असोज १८ : भैरहवा ग्लाडियटर्स चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)को प्लेअफमा पुगेको छ। सोमबार भएको खेलमा खेलमा शीर्ष स्थानमा रहेको चितवन टाइसर्गमाथि ६ विकेटको जित निकाल्दै प्लेअफमा पुगेको हो।
पहिला ब्याटिङ गर्दै चितवनले दिएकोृ १६५ रनको लक्ष्य भैरहवाले १७।५ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि ओनपर प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए।
यस्तै, तमिम इक्वालले ३० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए भने उपुल थरंगाले १९ बलमा समान ३ चोका र छक्का प्रहार गर्दै ३९ रन बनाए । चितवनका करिम जन्नतले २ विकेट लिँदा सागर ढकाल र भीम सार्कीले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनायो। उसका लागि करिम जन्नतले सार्वधिक ३५ रन बनाउँदा मोहम्मद साहजादले ३२, सुकुगे प्रसन्नले २४ रन बनाए । भैरहवाका अविनाश बोहराले ३ तथा कुशल मल्लले २ विकेट लिए।











