Kathmandu Press

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

काठमाडौं, असोज १८ : पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ।ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आज (सोमबार) बिहान ५० वर्षीय खत्रीको निधन भएको हो। उनी...
पूर्वफिफा रेफ्री लव खत्रीको निधन

काठमाडौं, असोज १८ : पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ।

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आज (सोमबार) बिहान ५० वर्षीय खत्रीको निधन भएको हो। उनी बिहान बाथरुममा लडेर अचेत भएका थिए। त्यसक्रममा उनको टाउकोमा गम्भीर चोट पनि लागेको थियो।

त्यसलगत्तै उपचारका निम्ति उनलाई अस्पताल लगिएको थियो। तर चिकित्सकहरुले मृत घोषणा गरेका थिए। बाथरम छिर्नुअघि उनी मर्निङवाक गएर फर्केएको पारिवारिक स्रोतले बताएको छ।  

‘ए’ डिभिजन क्लब थ्रीस्टार, फ्रेन्ड्स र जावलाखेलबाट समेत फुटबल खेलेका उनले उमेर हदका कारण सन् २०१८ मा फिफा रेफ्री छाडेका थिए। खत्रीका श्रीमती र एक छोरा छन्।  

प्रकाशित मिति: १३:४५ बजे, सोमबार, असोज १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्