Kathmandu Press

बाढीपहिरोले कतै पुल बगायो, कतै सडक अवरुद्ध

काठमाडौं, साउन १९ : बाढी र पहिरोले केही दिनदेखि देशको पहाडी क्षेत्रमा जनजीवन प्रभावित पारेको छ। कैत पुल बगाएको छ भने कतै सडक अवरुद्ध पारेको छ।

....
बाढीपहिरोले कतै पुल बगायो, कतै सडक अवरुद्ध
रासस

काठमाडौं, साउन १९ : बाढी र पहिरोले केही दिनदेखि देशको पहाडी क्षेत्रमा जनजीवन प्रभावित पारेको छ। कैत पुल बगाएको छ भने कतै सडक अवरुद्ध पारेको छ।

बाढीले जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँस्थित काठेपुल बगाएको छ । पुल बगाएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्।

तिलानदीमा शनिबार आएको बाढीले ४० वर्षअघि बनाएको काठेपुल बगाएको हो। बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका–३ जुम्ला लुम्सेरागाउँका दीपेन्द्रराज हमालले बताए।

पाल्पाको रामपुर आर्यभन्ज्याङ्ग सडकअन्तर्गत बेलडाँडा बहखोला गएकाे पहिरो।

त्यस्तै, पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। विभिन्न ठाउँमा गएको पहिरोले शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, पाल्पाको रामपुर आर्यभन्ज्याङ्ग सडकअन्तर्गत बेलडाँडा बहखोला पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

प्रहरी र स्थानीय बासिन्दा पहिरो पन्छाउन थालेका छन्। डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ११:०२ बजे, आइतबार, साउन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्