Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ 

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ 

काठमाडौं, असोज १८ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कास्कीबाट २९ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली नागमन्दिर नजिकै कुलबहादुर सुनुवारको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४० वर्षीय सन्जु थापा लगायत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८२ हजार ७ सय ५ रुपैयाँ, १ बुक तास र २७ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो। 

कास्कीको पोखरा महानगरपालिका–१९ गैरीखोर बस्ने बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ लामाचौर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङलगायत नौजनालाई  आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ७० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  

यसैगरी कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने हरिमायाँ पुनको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने माछापुच्छ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुन लगायत ९ जनालाई आइतबार साँझ  प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्