स्रोत नखुलेको नगदसहित पक्राउ
काठमाडौं, असोज १८ : कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँ सहित बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय...
काठमाडौं, असोज १८ : कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँ सहित बुद्धभूमि नगरपालिका–९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट १ हजार दर, ५ सय दर, १ सय दरका गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्दहेहीमा पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
इलामको सूर्योदय नगरपालिका–६ हर्कटे चोकबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरमा सोही नगरपालिका–१० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाल र सोही नगरपालिका–८ बस्ने ५१ वर्षीय कर्ण कठायत रहेका छन् ।
फिक्कलबाट झापातर्फ जाँदै गरेको मे।१ च ६४२४ नम्बरको कारलाई प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा सवार उनको साथबाट उक्त नगद फेला पारी कार चालक कर्ण र कारमा सवार अनुपलाई पक्राउ गरेको हो।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजस्ब अनुसन्धान कार्यालय इटहरी पठाइनेछ।












