Kathmandu Press

चीनबाट अक्सिजन आयात

रसुवा, असोज १८ : जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ।चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ...
चीनबाट अक्सिजन आयात

रसुवा, असोज १८ : जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ।

चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो। प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए।

Hardik ivf

यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केहीमात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ। जिल्लामा अक्सिजनको सहज व्यवस्थापन भइसकेकाले अबका दिनमा कुनै पनि बिरामी आत्तिनु नपर्ने बताइएको छ। 

विगतमा कोभिडको सङ्क्रमण सुरूभन्दा अगाडि आठ/दश वटा मात्र अक्सिजन सिलिन्डर रहेको जिल्लामा आन्तरिक व्यवस्थापन एवं चिनियाँ सहयोगसमेतले ४०० सिलिण्डर व्यवस्थापन भइसकेको छ।

अक्सिजनको व्यवस्थापनले श्वासप्रश्वास एवं लेक लागेका बिरामीलाई उपचार सेवा दिन सहज हुँदै गएको चिकित्सकले बताएका छन्। जिल्लामा दुई अस्पताल, १८ स्वास्थ्य चौकी र दर्जनौँ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन्। करिब ४३ हजार यहाँका बासिन्दालाई यी स्वास्थ्य संस्थाले सेवा प्रदान गरिरहेका छन्।
 

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्