Kathmandu Press

संखुवासभा कांग्रेस सभापतिमा पूर्वमन्त्री खड्का

संखुवासभा, असोज १८ : नेपाली कांग्रेसको संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।सोमबार सम्पन्न मत गणना परिणाम अनुसार उनी अत्यधिक मत लिएर...
संखुवासभा कांग्रेस सभापतिमा पूर्वमन्त्री खड्का

संखुवासभा, असोज १८ : नेपाली कांग्रेसको संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्।

सोमबार सम्पन्न मत गणना परिणाम अनुसार उनी अत्यधिक मत लिएर विजयी भएका छन्। उनले एक हजार एक सय ९८ मत पाएका छन्।

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको १४औ महाधिवेशनमा एक हजार तीन सय ५२ मत खसेका थिए। जसमध्ये खड्काले एक हजार एक सय ९८ मत पाएका हुन्।

खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री हुन्।

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, असोज १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्