Kathmandu Press

ला लिगा : स्पानियोलसँग रिलय पराजित, सोसिडाड रोकियो

काठमाडौं, असोज १८ : स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। गएराति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ ले पराजित भएको हो।खेलको...
ला लिगा : स्पानियोलसँग रिलय पराजित, सोसिडाड रोकियो

काठमाडौं, असोज १८ : स्पेनिस ला लिगामा रियल मड्रिड पराजित भएको छ। गएराति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २-१ ले पराजित भएको हो।

खेलको १७औं मिनेटमै टोमसले गोल गर्दै रियलविरुद्ध स्पानियोललाई अग्रता दिलाए। ६०औं मिनेटमा भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर बनाए।

७१औं मिनेटमा करिम बेन्जिमा उत्कृष्ट गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा स्पानियोल २–१ ले विजयी भयो।

खेलमा स्पानियोलमाथि निरन्तर दबाब बनाए पनि रियलले गोल भने गर्न सकेन। उसले ६६ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थिए। यता, स्पानियोलले ८ सट प्रहार गर्दा ४ सट फ्रेममा थिए।

अर्को खेलमा रियल सोडिडाडा रियल गेटाफोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। गेटाफेका सान्ड्रो रामिरेजले ४०औं मिनेटमा गोल गरेका थिए भने सोसिडाडका मिकेल ओयासोबलले ६८औं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै सोडिडाले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो।

त्यस्तै, अर्को खेलमा इल्चे विजयी भएको छ । डारिओ बेनेडेट्टोको निर्णायक गोल मद्दतमा इल्चेले सेल्टाभिगोलाई १–० ले हरायो।

यसैगरि, भिल्लारियलले रियल बेटिसमाथि २–० को जित निकाल्यो। हारसँगै रियलले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता लिने अवसर गुमायो।

एट्लेटिको मड्रिडसँग समान १७ अंक भए पनि रियल गोलअन्तका आधारमा शीर्ष स्थानमा छ। सोडिड भने १७ अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, असोज १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्