Kathmandu Press

चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण

काठमाडौं, असोज १७ : जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ। नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण...
चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण

काठमाडौं, असोज १७ : जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ। नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते। उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन्। मन्डेकाजी १३औँ दक्षिण एसियाली खेलकूद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन्।

सागकै कास्य विजेता मुकुन्द्र महर्जनले ३० वर्षमाथि स्वर्ण र कुमुतेको पुरुष ७५ केजीमुनि कास्य जिते। त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कास्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको नपाली टोलीको टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी दिए।

उक्त प्रतियोगितामा जर्मन, पोल्याण्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०:२५ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्