Kathmandu Press

र्‍याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु

सिन्धुपाल्चोक, असोज १७  : र्‍याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ। दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज...
र्‍याफ्टिङका क्रममा सुनकोसीमा खसेर एकको मृत्यु

सिन्धुपाल्चोक, असोज १७  : र्‍याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ। दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृत्यु भएको हो।

सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए। नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। शनिबार सुकुटेबीच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट र्‍याफ्टिङमा गएका थिए।

प्रकाशित मिति: २०:०४ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्