Kathmandu Press

एक पुरूष र एक महिला मृत अवस्थामा फेला

काठमाडौं, असोज १७ : रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै...
एक पुरूष र एक महिला मृत अवस्थामा फेला

काठमाडौं, असोज १७ : रुकुम (पूर्व) को सिस्ने गाउँपालिका ६ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। 

आएतबार बिहान खुपिचारस्थित घट्टे कुला नजिकै गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर सिंह बुढा मृत भेटिएका हुन्।

त्यस्तै, सल्यान, बागचौर नगरपालिका २ की एक महिला मृत अवस्थामा फेला परेकी छन्। 

५४ वर्षीया रामकली खत्री घरबाट करिब १ किमी टाढा रहेको ठाटिचौरस्थित सडक किनारमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्