आतिषबाजीजन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, असोज १७ : अवैध रुपमा करिब २५ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिषबाजीजन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक...
काठमाडौं, असोज १७ : अवैध रुपमा करिब २५ लाख रुपैयाँ मूल्य बराबरका पटाका, आतिषबाजीजन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार जलविनायक चोक बस्दै आएका सर्लाहीका ३० वर्षीय कामेश्वर प्रसाद यादव रहेका छन्।
बिभिन्न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा पटाका, भुईचम्पा लगायतका आतिषबाजीजन्य विस्फोटक पदार्थहरु विजयादशमी र दिपावलीलाई लक्षित गरी भण्डारण गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाईशनिबनर पक्राउ गरेको हो।
प्रहरीले जलविनायक चोकस्थित उनकै कवाडी पसलको गोदाम तलासी गर्दा उक्त विस्फोटक पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनको गोदामबाट २५ केजी गमला पटाका, ४ सय २० केजी स्पेशल फ्लावरकोन पटाका, ५४ केजी हाईड्रो फोईल्स पटाका, १ हजार ९२ केजी झ्यारझ्यारे पटाका, १५ केजी रोल क्यापस पटाका, १ सय २० केजी ग्राउण्ड चक्र पटाका, ९६ केजी स्पाइनर पटाका, ७५ केजी हाईड्रो बम पटाका, १ सय २० केजी अन्य विभिन्न किसिमको पटाका, नगद ९० हजार रुपैयाँ र १ थान मोबाइल बरामद गरेको छ।
उनलाई विस्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।












