Kathmandu Press

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

विपद् व्यवस्थापन आधारभूत तालिम समापन
Hardik ivf

काठमाडौं, असोज १७ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखामा संचालित २२औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार समापन भएको छ।

तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे। विपद् सम्बन्धि सिकेका विभिन्न सीपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकेमा मात्र तालिमको उद्देश्य पूरा हुने बताउदै उनले जुनसुकै बेलामा आइपर्ने विपद्‍बाट मानव जीवनको उद्दारका लागि सक्रिय हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चतर्भुज ओझाले ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए।

प्रकाशित मिति: १८:२९ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्