Kathmandu Press

एमालेको दसौं महाधिवेशन गर्न सुब्बाको संयोजकत्वमा निर्वाचन आयोग

काठमाडौं, असोज १७ : एमालेले दसौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा. विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ।ललितपुरको गोदावरीमा आयेजित एमालेको...
एमालेको दसौं महाधिवेशन गर्न सुब्बाको संयोजकत्वमा निर्वाचन आयोग

काठमाडौं, असोज १७ : एमालेले दसौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा. विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ।

ललितपुरको गोदावरीमा आयेजित एमालेको प्रथम विधान महाधिवेशनको तेस्रो दिन गठित निर्वाचन आयोगका सदस्यहरु महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा. कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेका छन्।

अन्य सदस्यमा टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरेको नाम महाधिवेशनमा पढेर सुनाइएको थियो।

अध्यक्ष केपी ओलीद्वारा प्रस्तावित नाम प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए।

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्