Kathmandu Press

वसन्त चौधरीको मुटुको शल्यक्रिया सफल

काठमाडौं, असोज १७ : उद्योगी तथा साहित्यकार वसन्त चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ।दुबई भ्रमणमा रहेको बेला असोज ८ गते स्वास्थ्यमा अचानक समस्या...
वसन्त चौधरीको मुटुको शल्यक्रिया सफल

काठमाडौं, असोज १७ : उद्योगी तथा साहित्यकार वसन्त चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ।

दुबई भ्रमणमा रहेको बेला असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आएपछि त्यहीको मेरिकन हस्पिटलमा चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो। 

नर्भिक हस्पिटलका संस्थापकसमेत रहेका चौधरीको शल्यक्रियापछि स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ। उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरिएको बताइएको छ। 

दुई दिनपछि उनको डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्