Kathmandu Press

अख्तियारले छापा मारेको विरोधमा जनकपुरमा जसपाकाे प्रदर्शन

जनकपुर, असोज १७ : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा प्रदर्शन...
अख्तियारले छापा मारेको विरोधमा जनकपुरमा जसपाकाे प्रदर्शन

जनकपुर, असोज १७ : जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा प्रदर्शन गरेको छ। 

आज (आइतबार) जनकपुरस्थित रेल्वे स्टेसनमा भेला भएका जसपाका नेताकार्यकर्ताले अख्तियारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागी भएकाहरूले राजनीतिक कारणले छापा मारेको आरोप लगाएका छन्।

Hardik ivf

मोटरसाइकल र्‍यालीसहितको विरोध प्रदर्शनका सहभागीहरूले जनकपुरका विभिन्न भागको परिक्रमा गरेपछि पिडारी चोकमा विरोधसभा गरिएको थियो।

अख्तियारले छापा मारेको विषयमा जसपा आपत्ति जनाउँदै  विरोधमा उत्रिन आह्वान गरेको थियो। त्यसपछि अख्तियारविरुद्ध प्रदेश २ मा प्रदर्शन हुँदै आइरहेको छ।

जसपाका युवा नेता जितेन्द्र यादवले प्रदेश सरकारको कार्यालयमा छापा मार्नु संघीयताविरोधी कार्य हो। संघीयता नरुचाउनेको इसारामा छापा मारिएको हो। यसको हामी प्रतिवाद गर्छौं ।’

साइकल खरिदमा अनियमितता आशंका गर्दै अख्तियारले बुधबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो। अख्तियारले साइकल खरिद फायल नियन्त्रणमा लिएको थियो। जसपाले शनिबार साँझ जुलुस पनि निकालेको थियो।

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्