Kathmandu Press

एमालेको झन्डा उही, लोगोमा गरियाे परिवर्तन

काठमाडौं, असोज १७ : एमालेको झन्डामा परिवर्तन नगरिए पनि लोगो भने फेरिएको छ। ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै...
एमालेको झन्डा उही, लोगोमा गरियाे परिवर्तन

काठमाडौं, असोज १७ : एमालेको झन्डामा परिवर्तन नगरिए पनि लोगो भने फेरिएको छ। 

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासिचव विष्णु पौडेलले भने,  ‘हामीले प्रयोगमा ल्याएको लोगोमा केही परिमार्जन गरिएको छ, पार्टीको झण्डा भने यसअघिकै हुनेछ।’ 

नयाँ लोगोबारे जानकारी दिँदै उनले भने, ‘अबको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौंडा हुनेछ।’ विधान महाधिवेशनका प्रतिनिधिहरुले ताली बजाएर उक्त लोगो पारित गरेका थिए।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्