Kathmandu Press

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

काठमाडाैं, साउन १८ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। शनिबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) ....

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

काठमाडाैं, साउन १८ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। शनिबारबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार मनसुन एकैचोटी पूर्ण सक्रिय नभएर विस्तारै क्रमिक रुपमा सक्रिय हुँदै जाने छ।  

आज देशभर आंसिकदेखि सामान्य बदली रही भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार आइतबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १३:०१ बजे, शनिबार, साउन १८, २०७६