Kathmandu Press

एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ बुँदे मापदण्ड

काठमाडौं, असोज १७ : एमाले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन ६ वटा मापदण्ड तय गरिएको छ।ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको...
एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ बुँदे मापदण्ड

काठमाडौं, असोज १७ : एमाले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन ६ वटा मापदण्ड तय गरिएको छ।

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा सहभागीहरूबाट उठेका प्रश्नहरुको जवाफ दिँदै नेता विष्णु पौडेलले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदे मापदण्ड बनाएको जानकारी दिएका हुन्।

Hardik ivf

विधान महाधिवेशनले एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गरेर केन्द्रीय कमिटी उम्मेदवार बन्न सोही कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको हुनुपर्ने नेता पौडेलले बताएका छन्।

राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य भई काम गरिसकेको वा प्रदेश कमिटीको सदस्य भई काम गरेको वा केन्द्रीय विभागको सचिव अथवा सदस्य भर्इ काम गरेको अवस्थामा पनि उम्मेदवारी दिन सिकने बताइएको छ।

यस्तै जिल्ला कमिटीको पदाधिकारी भई एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भई काम गरिसकेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउने जानकारी उपमहासचिव पौडेलले दिए।

दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र सात वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न सक्ने बताइएको छ।

प्रकाशित मिति: १४:४७ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्