Kathmandu Press

कोशी टप्पु आरक्षमा मृत भेटियाे मकुना हात्ती

धरान, असोज १७ : सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी...
कोशी टप्पु आरक्षमा मृत भेटियाे मकुना हात्ती

धरान, असोज १७ : सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आतङ्क मच्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ। 

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो। विगत ४÷५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो। यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए। 

नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र  भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्। ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए ।
 

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्