Kathmandu Press

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

कैलाली, असोज १७ : सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि...
प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

कैलाली, असोज १७ : सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ।

जिल्लाभरिका नौवटै स्थानीय तहबाट आएका खेलाडीलाई भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद समितिका अध्यक्ष नरेश मलासीले जानकारी दिए। उनका अनुसार जिल्लाका नौवटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका नौ जनाखेलाडीलाई छनोट गरी उनीहरुकै टिम बनाइएको र त्यस टीममा अन्य तीन जना वैकल्पिक खेलाडी पनि राखिएको छ।

जिल्ला खेलकूद विकास समितिका अनुसार छनोट भएका खेलाडीमा जनक खड्का, डम्बर भट्टराई, प्रशान्त साहु, निलम सिंह, खगेन्द्र खड्का, भूपेन्द्र खड्का, प्रदीप खड्का, रतन थापा र रमेश बम रहेका छन्। यस्तै वैकल्पिक खेलाडीमा राजेन्द्र कठायत, रमेश साउद तथा पुरन रावत छनोट भएका छन् । उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । छनोट भएका खेलाडीलाई प्रशिक्षण दिइन लागिएको छ। 

भलिबल प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने १२ जना खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइने भएको छ।
 

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्