Kathmandu Press

दोलखामा पहिरोमा परी दुई जना बेपत्ता

जिरी, साउन १८ : दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।

पहिरोमा परी गौरीशङ्कर गाउँपालिका&ndash....

दोलखामा पहिरोमा परी दुई जना बेपत्ता
फाइल

जिरी, साउन १८ : दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्।

पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन्।

हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई पहिरोले पुरेको वडाध्यक्ष बसन्त कार्कीले जानकारी दिए। बसमा सवार करीब २० यात्रुको भने सकुशल उद्धार गरिएको छ। उनका अनुसार सोही पहिरोमा परी खत्री पनि बेपत्ता भएका छन्।

उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए। रातिदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे, झगरे पात्ले र अप्लेपुलगायतका स्थानका सयभन्दा बढी घर उच्च जोखिममा रहेको बताइएको छ। 

पहिरोमा परी अन्य केही स्थानीयवासी पनि सामान्य घाइते भएका छन्। अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र जिरीबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, साउन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्