Kathmandu Press

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 

बाँके, असोज १७ : लेनदेन मुद्दाका फरार प्रतिवादी जानकी गाउँपालिका–१ बस्ने ३७ वर्षीय तिलक राम अहिरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बाँकेको...
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 

बाँके, असोज १७ : लेनदेन मुद्दाका फरार प्रतिवादी जानकी गाउँपालिका–१ बस्ने ३७ वर्षीय तिलक राम अहिरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत बाँकेको २०७६ जेठ १५ गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्