Kathmandu Press

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, असोज १७ : विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–१० चरैयस्थित सडकमा को.१९ प ५०८ नम्बरको...
सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, असोज १७ : विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । 

सुनसरीको दुहबी नगरपालिका–१० चरैयस्थित सडकमा को.१९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–११ बस्ने ४५ वर्षीय ईश्वरचन माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगर हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

Hardik ivf

यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९ दाशढुंगास्थित सडकमा आरजे ०५ जीबी ४८८१ नम्बरको लहरीले प्रदेश ०३(००४ प ४०१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार गोरखा, गोरखा नगरपालिका(९ बस्ने २१ वर्षीया अन्जु घर्ती मगरको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक उनकै श्रीमान २४ वर्षीय श्रीराम रानाको सोही अस्पतालमा उपचार भइरहेको छ। लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मोरङको विराटनगर महानगरपालिका–१४ भगवती टोल बस्ने अमर महतोको छोरा ९ महिनाको सुनिल महतोको हाल नम्बरको नखुलेको सिटी सफारीको ठक्करबाट शनिबार साँझ मृत्यु भएको छ। 

आफ्नै घर नजिकै बाटोमा पार्किङ गरी राखेको सिटी सफारीमा उनकै दाइ अनिल महतो खेल्ने क्रममा सिटी सफारी अगाडि गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएका सुनिलको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्