Kathmandu Press

हुम्लामा दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन

हुम्ला, साउन १८ : हुम्लामा दुई जना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन्। 

सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसा....

हुम्लामा दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन

हुम्ला, साउन १८ : हुम्लामा दुई जना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन्। 

सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन्। 

लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी कोट माविमा कक्षा ८ मा अध्ययन गर्ने र  सिमकोट गाउँपालिका–७ कि पाँप्लाथुङका सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी १५ गते दिउँसो घरबाट हराएकी लक्षुका बुबाले जानकारी दिए। 

साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नुहुन आग्रह गरेको छ।

घरबाट निस्किएको तीन दिन बितिसक्यो अहिलेसम्म सम्पर्कमा आएकी छैनन् लक्षुका बुबा काफ्लेले बताए। रासस

प्रकाशित मिति: ११:५० बजे, शनिबार, साउन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्