काठमाडौं र विराटनगर तथा ललितपुर र चितवन भिड्दै
काठमाडौं, असोज १७ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुन लागेका छन्।आज बिहान सोढ ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा...
काठमाडौं, असोज १७ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुन लागेका छन्।
आज बिहान सोढ ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेलमा काठमाडौ किङ्ग्स इलेभन र विराटनगर वारियर्स भिड्दै छन्। सन्दीप लामिछानेको नेतृत्वमा काठमाडौं र करण केसीको नेतृत्वमा विराटनगर जितका लागि मैदानमा उत्रिनेछन्।
मध्याह्न साढे १ बजे हुने दोस्रो खेलमा ललितपुर प्याट्रियट्स र चितवन टाइगर्स भिड्नेछन्। कुशल भुर्तेलको नेतृत्वमा ललितपुर र सोमपाल कामीको नेतृत्वमा चितवन मैदानमा उत्रिनेछन्।
चितवन प्लेअफमा पुगिसको छ। अंक तालिकाको शीर्षस्थानमा रहेको छ।
प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











