Kathmandu Press

प्रादेशिक चलचित्र बोर्ड गठन गर्न सरकार सकारात्मक

पोखरा, असोज १७ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रादेशिक चलचित्र बोर्ड गठनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान)...
प्रादेशिक चलचित्र बोर्ड गठन गर्न सरकार सकारात्मक

पोखरा, असोज १७ : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रादेशिक चलचित्र बोर्ड गठनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।

गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को सातौँ राष्ट्रिय महाधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सङ्घीयतासँगै चलचित्र क्षेत्रको वृद्धि विकासका लागि प्रादेशिक बोर्ड गठन गर्न आवश्यक रहेको बताए।

आदिवासी जनजातिको कला, संस्कृति संरक्षणसहित चलचित्रको मर्म र भावनाअनुसार अघि बढाउनको लागि प्रदेशस्तरमै बोर्ड हुनु आवश्यक रहेको मन्त्री बरालको भनाइ छ। उनले भने, 'आदिवासी जनजातिको कला, संस्कृति नेपाली पहिचान हुन्। यिनको संरक्षणको लागि निर्माण हुने फिल्म क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध छ।'

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर तमुले राज्यबाट अझै चलचित्र क्षेत्रलाई विभेद गरिएको बताए। महाधिवशेनका अवसरमा गुरुङ चलचित्र क्षेत्रमा उल्लेखनिय योगदान गरेकामा पाँच जना चलचित्रकर्मीलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा नायिका कल्पना गुरुङ, सङ्गितकर्मी दुर्गाबहादुर गुरुङ, गणेश गुरुङ, नायिका ज्योति गुरुङ र सङ्गितकर्मी कृष्णकुमार गुरुङ रहेका रहेका छन्।

प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, असोज १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्