Kathmandu Press

एट्लेटिको मड्रिडले बार्सिलोनालाई हरायो

काठमाडौं, असोज १७ : स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि सहज जित निकालेको छ।गएराति घरेलु मैदानमा भएको खेलमा लुइस सुआरेज र थोमस लेमारको...
एट्लेटिको मड्रिडले बार्सिलोनालाई हरायो

काठमाडौं, असोज १७ : स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि सहज जित निकालेको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा लुइस सुआरेज र थोमस लेमारको गोल मद्दतमा एट्लेटिकोलो बार्सिलोनालाई २–० ले हरायो।

२३औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए। उनले सुआरेजको पासमा गोल गरेका थिए।

४४औं मिनेटमा लेमारको पासमा सुआरेजले गोल गर्दै पहिलो हाफमै बार्सिलोनाविरुद्ध एट्लेटिकोलाई २–० को अग्रता दिलाए। यी दुवै गोलमा ‘कि’ पास भने जोआ फेलिसक्सको थियो।

पहिलो हाफमा पूर्ण रुपमा दबाबमा परेको बार्सिलोनाले दोस्रो हाफमा भने सुधारिएको खेल प्रदर्शन गरेको थियो। तर, उसले गोल भने गर्न सकेन।

खेलमा बार्सिलोनाले ७१ प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोको पोस्टमा ९ सट प्रहार गर्दा २ सट फ्रेममा थियो भने एट्लेटिको ६ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा ओसासुना र रियल मालोर्का विजयी भएका छन्। ओसासुनाले रायो भालेकानो र मालोर्काले लेभान्टेमाथि समान १–० को जित निकाले। यस्तै, कार्डिचले भ्यालेन्सियालाई गोलरहित बराबरीमा रोकेको छ।

प्रकाशित मिति: ०६:४१ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्