Kathmandu Press

दुई जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १६ : लमजुङको मध्यनेपाल नगरपालिका ९ का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बाङ्ग्रेवेसीस्थित मिदिम खोलाको टापुमा ६३ वर्षीय भक्त बहादुर...
दुई जना मृत अवस्थामा फेला

काठमाडौं, असोज १६ : लमजुङको मध्यनेपाल नगरपालिका ९ का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। 

बाङ्ग्रेवेसीस्थित मिदिम खोलाको टापुमा ६३ वर्षीय भक्त बहादुर रानाभाट शुक्रबार मृत अवस्थामा  फेला परेका हुन्।

Hardik ivf

त्यस्तै, कपिलवस्तु, वाणगंगा नगरपालिका ७ लक्ष्मणघाटको पुल नजिकै एक पुरुष मृत अवस्था फेला परेका छन्। बनगाई कोपवा भित्री सडकको कल्बोर्ड मुनी ५५ वर्षीय माधव प्रसाद बेल्वासे शनिबार मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:५३ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्