Kathmandu Press

करेन्ट लागेर एक जनाकाे मृत्यु

महोत्तरी, असोज १६ : महोत्तरी गाउँपालिका ४ रानीरतवाराकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। शुक्रबार दिउँसो आफ्नै खेतमा घाँस काट्न गएकी ४५ वर्षीया...
करेन्ट लागेर एक जनाकाे मृत्यु

महोत्तरी, असोज १६ : महोत्तरी गाउँपालिका ४ रानीरतवाराकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। 

शुक्रबार दिउँसो आफ्नै खेतमा घाँस काट्न गएकी ४५ वर्षीया चन्दल देवी साहको करेन्ट लागेर मृत्यु भएको हो। कुखुरा फार्ममा जडान गरिएको बिजुलीको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्