Kathmandu Press

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं, असोज १६ : काठमाडौं महानगरपालिका १४ बल्खुमा बा.३ ख ९३६९ नम्बरको मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेम बा.८८ प...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं, असोज १६ : काठमाडौं महानगरपालिका १४ बल्खुमा बा.३ ख ९३६९ नम्बरको मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेम बा.८८ प २२१ नम्बरको  मोटरसाइकलमा सवार काठमाडौं सितापाईला बस्दै आएका २७ वर्षीय चेत राज जोसी रहेका छन्। 

शनिबार बिहान ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Hardik ivf

साथै, दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक काठमाडौं सितापाईला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्रक  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देही, गैडहवा गाउँपालिका ६ गुलरियामा यूपी ५५ डब्लु ९६३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही गाउँपालिका ७ का ४५ वर्षीया बाचिदेवी हरिजन रहेका छन्। 

शुक्रबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, रौतहट, चन्द्रपुर नगरपालिका ५ चाँदीपुल नजिकै सडकमा यूपी ३५ एटी ४२७३ नम्बरको ट्रकले ना।३५ प १८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ। 

शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका २ जुडिवेलाका ३७ वर्षीय सोनालाल चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन, भरतपुर महानगरपलिका ११ आँपटारीमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  दुर्घटनामा संलग्न गाडीको प्रहरीले खोजी गरिरहेको छ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ माथिल्लो नुनथलामा स.१ त ७०७१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर शुक्रबार राति दुर्घटना भएको छ।
 
दुर्घटनामा ट्याक्टरका सहचालक सोही नगरपालिका ४ डाँडाखर्कका १९ वर्षीय डिलक्स राईको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्युठान, मल्लरानी गाउँपालिका ४ घलडाँडामा ना.४ ख ५१९४ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।  प्युठान नगरपालिका १० टुनिखर्कका ५२ वर्षीय हुकुम नेपालीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तेह्रथुम, लालिगुँरास नगरपालिका ४ फुलेकमा को २ त ८४२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर शनिबार बिहान दुर्घटना भएको छ। दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा लाँलीगुरस नगरपालिका ५ का २२ वर्षीय पन्च बहादुर मङ्रातीको घटनास्थलमै र १६ वर्षीय छिन बहादुर सार्कीको बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ। 
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:३६ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्