Kathmandu Press

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं, असोज १६ : चाडपर्व निजिकएसँगै प्रहरीले विभिन्न ठाउँबाट  जुवातास खेलिरहेको अवस्थाबाट १५ जनालाई पक्राउ गरेको छ। 

काभ्रेको धुलिखेल नगरपालिका ९ रानाछापस्थित होटलमा तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १२ का ४१ वर्षीय कुमार गिरी लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारेको हो।

त्यस्तै, भक्तपुर, चाँगुनारायण नगरपालिका ४ खोरियागाउँ बस्ने सुमन तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २८ हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:२५ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्