लागूऔषध गाँजासहित दुई जना पक्राउ
सर्लाही, असोज १६ : मलंगवा नगरपालिका ९ दशगजाबाट करिब ६० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत सितामाढी...
सर्लाही, असोज १६ : मलंगवा नगरपालिका ९ दशगजाबाट करिब ६० केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारत सितामाढी सोनबर्सा ३ का २१ वर्षीय धर्मेन्द्र मण्डल र१९ वर्षीय भोला कुमार साह रहेका छन्।
नेपालबाट भारततर्फ जाँदै गरेका ४र५ जना ब्यक्तिहरुले प्रहरी चौकी गोरखकाली र बिओपी टावरबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ झोला फाली भाग्ने क्रममा उनीहरुमध्ये धर्मेन्द्र र भोलालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।
प्रहरी उक्त फ्यालिएको झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो।
अन्य फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १९:१० बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)