श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँसहित तीन जना पक्राउ

पर्सा, असोज १६ : वीरगञ्ज महानगरपालिका २५ सिर्सियाबाट श्रोत नखुलेको १५ लाख ५० हजार नेपाली रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा पर्सा धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल, भारत पूर्वी चम्पारण थाना कंगेली १ बसतपुरका २५ वर्षीय बिक्रम पटेल र भारत मोतिहारी थाना पलनवा भेलहीका २९ वर्षीय मुकेश पटेल रहेका छन्।
छप्कैया सिर्सिया नाका हुँदै हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ३ वटा मोटरसाइकलमा सवार उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ना.६० प ५९९८, ना.४१ प १०४८ र ना.६४ प ८३५९ नम्बरको मोटरसाइकलसमेतबरामद गरेको छ।
उनीहरु उपर बैंक तथा वित्तिय ऐन सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: १९:०४ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












