Kathmandu Press

अबको निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनु पर्दछ : सहमहामन्त्री डा.महत

काठमाडौं, असोज १६ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन...
अबको निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनु पर्दछ : सहमहामन्त्री डा.महत

काठमाडौं, असोज १६ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा उत्रिन नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई आग्रह गरेका छन्। 

शनिबार नेपाली कांग्रेस बुढानीलकण्ठ नगरसमितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सहमहामन्त्री डा. महतले अहिले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको भए पनि यो विभिन्न वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरुको गठबन्धन सरकार भएकोले प्रधानमन्त्रीले फुकी फुकी कदम चाल्नु परेको बताए।

Hardik ivf

उनले अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकोले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

सहमहामन्त्री डा. महतले वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिने र पूर्ववर्ती सरकारले खल्बल्याएको बैदेशिक सम्बन्धलाई सुमधुर बनाउँदै देश र जनताको हितमा काम गरिरहेको बताए।

सत्ता साझेदार दलहरुको घुर्की, धम्की, अनुनय र विनयका आधारमा चल्ने सरकारबाट नेपाली कांग्रेसले लिएका नीति,कार्यक्रम र लक्ष्यहरु हासिल हुने गरी सरकारले काम गर्न नसक्ने स्पष्ट पार्दै उनले आउने निर्वाचन जितेर एकल सरकारमार्फत आफ्ना कार्यक्रम लागू गर्न तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई आग्रह पनि गरे।

उनले क्रियाशील सदस्यहरु नै नेपाली कांग्रेस जग भएकोले निरन्तर सक्रिय रहन आग्रह पनि गरे। ‘क्रियाशील सदस्यता हल्का रुपमा नलिऔं। जोसँग प्रतिबद्धता छ र  पार्टी निर्माण गर्ने संकल्प छ, त्यसले क्रियाशील सदस्यता पाएको छ, उनले भने, ‘क्षेत्रीय प्रतिनिधिले ४ पटक मतदानमा सहभागी हुन पाउनुहुन्छ , गाँउ ÷नगर, प्रदेश क्षेत्र, संसदीय क्षेत्र र जिल्लामा। प्रदेश कार्य समितिमा जाने र केन्द्रीय महाधिवेशनमा जाने प्रतिनिधिको चयन पनि गर्न पाउनुहुन्छ। तपाईहरुले पठाएको प्रतिनिधिले प्रदेश र केन्द्रको नेतृत्व चयन गर्दछ। तपाईहरुले आफ्नो शक्तिलाई बुझ्नुहोस्। यसलाई मनन गरे र अगाडि बढ्नुहोस्।’

उनले संविधान अनुरुप पार्टीको विधान र निर्वाचित प्रणाली बनाउदा केही बिलम्ब भएपनि सहभागिता र प्रतिनिधित्व उत्साहजनक भएको बताउँदै आफ्नो इतिहास पढेर पार्टीको लक्ष्य हासिल गर्ने नेतृत्व चयन गर्न सुझाव दिए।

प्रकाशित मिति: १८:५६ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्