Kathmandu Press

सरकारले छिट्टै पूर्णता पाउँछ  डा. वेदुराम भुसाल 

काठमाडौं, असोज १६ : नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
सरकारले छिट्टै पूर्णता पाउँछ  डा. वेदुराम भुसाल 

काठमाडौं, असोज १६ : नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मन्त्रालय बाँडफाँड नभएको कारण सरकार गठनमा ढिलाई भएको बताएका हुन्।

उनले मन्त्रालयको टुँगो लाग्ने वितिकै दलहरुले मन्त्रीको नाम दिने बताए। ‘सरकार विस्तार छिट्टै हुन्छ, प्रधानमन्त्रीले अध्यक्ष माधव नेपालसँग भेटेर सल्लाह गर्छु भन्नुभएको छ, उनले भने, ‘अध्यक्ष बिरामी भएको कारण भेटवार्ता हुनसकेको छैन, तर अब छिट्टै सरकार विस्तार हुन्छ। सरकारले छिट्टै पूर्णता पाउनेछ । त्यसपछि सरकारले गर्नुपर्ने काम अघि बढ्नेछन्।’

भुसालले अहिले ‘अर्ली ईलेक्शन’ गर्ने कुरा असम्भव रहेको बताए। साथै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् चल्न नदिनुलाई लोकतन्त्र र संविधान माथि हमला गरेको टिप्पणी गरेका छन् । 
 

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्