Kathmandu Press

विराटनगरमाथि पोखराको सानदार जित

काठमाडौं, असोज १६ : काठमाडौंमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)  मा पोखरा राइनोजले सानदार जित निकालेको छ।शनिबार कीर्तिपुरस्थित टियु मैदान भएको खेलमा...
विराटनगरमाथि पोखराको सानदार जित

काठमाडौं, असोज १६ : काठमाडौंमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)  मा पोखरा राइनोजले सानदार जित निकालेको छ।

शनिबार कीर्तिपुरस्थित टियु मैदान भएको खेलमा पोखराले विराटनगर वारियर्समाथि ७ विकेटको जित निकाल्यो।

यो हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। यो विराटनगरको लागतार चौथो हार हो । प्रतियोगितामा उ अंकबिहीन । यता, तीन खेलमा तीन अंक नै जोडेको पोखरा चौथो स्थानमा छ।

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि असेला गुरुरत्नेले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनी २४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन नटआउट रहे।

यस्तै, रिचार्ड लेभीले २६ बलमा ४७ रन बनाउँदा सहान अरचहिगले ३६ बलमा ४३ रन बनाए। यस्तै कप्तान विनोद भण्डारी १५ रनमा नटआउट रहे। विराटनगरका प्रत्यिस जिसी, सिकन्दर राजा र हरि चौहानले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनायो। उसका लागि आसिफ सेखले सर्वाधिक ४४ रन बनाउँदा सिकन्दर राजाले २९, सन्दीप रजालीले २८ र करण केसीले २४ रन बनाए।

पोखराका विक्रम सोबले २ विकेट लिँदा नन्दन यादव, विवेक यादव र सहन अरचहिगले समान १ विकेट लिए।

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्