भलिबलमा महिलातर्फ न्यु डायमन्ड विजयी
काठमाडौं, असोज १६ : न्यु डायमन्ड क्लबले छैटौं एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (शनिबार) सम्पन्न...
काठमाडौं, असोज १६ : न्यु डायमन्ड क्लबले छैटौं एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (शनिबार) सम्पन्न खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यु डायमन्डले उपािध जितेको हो।
पहिलो सेट गुमाए पनि दोस्रो सेटबाट न्यु डायमन्डले पुनरागमन गरेको थियो। उपाधिसँगै न्यु डायमन्डले ४ लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको एपिएफले २ लाख रुपैयाँ जितेको छ।
तेस्रो भएको त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गरेको छ। आर्मी पुलिस क्लबलाई हराएर तेस्रो भएकोृ थियो। प्रतियोगितामा महिलातर्फ ६ टोली सहभागी थिए।
प्रकाशित मिति: १६:२१ बजे, शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











